Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
Government of Nepal

District Administration Office, Baglung

Area Administration Office, Burtibang, Baglung

Government of Nepal Logo
Government of Nepal

District Administration Office, Baglung

Area Administration Office, Burtibang, Baglung

Monday, Ashadh 15, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness). Learn more

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

Introduction of District


बागलुङ जिल्लाको परिचयः

 भौगोलिक अवस्थाः

नेपालको गण्डकी प्रदेशमा पर्ने पहाडी जिल्ला बागलुङ, साविक धौलागिरी अञ्चलको अञ्चल सदरमुकामको रुपमा रहेको छ । प्रशासनिक विभाजन अनुसार यस जिल्लाको पूर्वमा पर्वत, पश्चिममा रोल्पा, रुकुम, उत्तरमा म्याग्दी तथा दक्षिणमा प्यूठान र गुल्मी जिल्ला रहेका छन् । प्रतिनिधी सभा २ निर्वाचन क्षेत्र, प्रदेश सभा ४ निर्वाचन क्षेत्र, ४ नगरपालिका, ६ गाउँपालिका गरी १० वटा स्थानीय तहहरू यस जिल्लामा छन् । यो अक्षांशीय हिसाबले २८ डिग्री १५ मिनेट उत्तरी अक्षांशदेखि २८ डिग्री ३७ मिनेट उत्तरी अक्षांशसम्म र देशान्तरीय हिसाबले ८३ डिग्री पूर्वी देशान्तरदेखि ८३ डिग्री ३६ मिनेट पूर्वी देशान्तरसम्म १,७८४ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएर रहेको छ । वि.सं. २०६८ सालको जनगणना अनुसार यस जिल्लाको जनसंख्या पुरुष ‌१,१७,९९७ र महिला १,५०,६१६ गरी कुल २,६८,६१३ रहेको छ । लोक्ताको जिल्ला, नेपालको जस्तो नक्सा भएको जिल्ला, झोलुंगे पुलको जिल्ला जस्ता उपनामले परिचित यस जिल्ला नेपाल भित्रको सानो नेपाल जस्तै आकारमा पूर्व पश्चिम भै फैलिएर रहेको छ ।

बागलुङ कालिका भगवती मन्दिर, नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्ष, गाजा दह, घुम्टेको लेक जस्ता महत्वपूर्ण सम्पदाले यसको पहिचानलाई अझ शिखरमा पुर्‍याएका छन् । चैते दशैँ मेला, हनुमान नाच, लाखे नाच जस्ता सांस्कृतिक पर्वहरु, रुद्र ताल, गाजाको दह, नील दह जस्ता प्रमुख ताल एवं कुण्डहरु, यानीमाया, सालैजो, सोरठी नृत्य, घाटु नाच लगायतका लोक संस्कृतीको धनी यस जिल्लाका प्रमुख व्यापारिक महत्वका ठाउँहरुमा बागलुङ बजार, बुर्तिवाङ बजार, हटिया बजार, शेरा बजार, खार बजार, हरिचौर बजार आदि हुन् । यस जिल्लामा मुख्य रुपमा ब्राह्मण, क्षेत्री तथा जनजातिहरुको बसोबास रहेको छ । मुख्य पेशा कृषि रहेको र यस जिल्लामा वैदेशिक रोजगारीमा जानेको संख्या उल्लेख्य रहेको हुँदा विप्रेषण भित्र्याउने प्रमुख जिल्लाहरुमध्ये पनि पर्दछ ।

अधिकांश पहाडी भुभागमा पर्ने यो क्षेत्रको नामाकरणको पनि रोचक प्रसङ्ग छ । एक कहावत अनुसार कुनै समय यस क्षेत्रमा बाघको संख्या बढी भएको र बाघहरु हिँड्दा पनि ताँती लगाएर हिँड्ने भएकाले जनजीवन भयभीत भएको थियो । भयावहबाट मुक्ति पाउन स्थानीय मगराती जातीमा व्यक्तिहरुको सक्रियतामा बाघ छेद्ने, काट्ने वा मास्ने काम गरेकाले यसै प्रसङ्गमा ठाउँको नाम 'बाघलुञ' वा 'ब्याघलु' हुँदै पछि अपभ्रम्श भएर बागलुङ रहन गएको भन्ने भनाई रहँदै आएको छ ।

 

चित्रः बागलुङ जिल्लाको नक्सा

 

चित्रः बागलुङ जिल्लामा रहेको सडक सञ्जाल

 

 राजनैतिक अवस्थाः

 दुई वटा प्रतिनिधिसभा तथा चार वटा प्रदेश सभा निर्वाचन क्षेत्रहरू रहेको यस जिल्लामा निम्नानुसारका 4 वटा नगरपालिकाहरू र 6 वटा गाउँपालिकाहरू रहेका छन्:

क्र.सं.

स्थानीय तहको नाम

वडा संख्या

केन्द्र

क्षेत्रफल

(वर्ग कि.मी.)

जनसंख्या

कैफियत

  1.  

बागलुङ नगरपालिका

14

बागलुङ बजार

98.01

57,823

 

  1.  

गल्कोट नगरपालिका

11

हरिचौर

194.39

33,097

 

  1.  

जैमिनी नगरपालिका

10

कुस्मीसेरा

118.71

31,430

 

  1.  

ढोरपाटन नगरपालिका

9

बुर्तिवाङ

222.85

26,215

 

  1.  

बरेङ गाउँपालिका

5

हुग्दिशिर

75.28

14,492

 

  1.  

काठेखोला गाउँपालिका

8

बिहुँकोट

82.88

22,865

 

  1.  

तमानखोला गाउँपालिका

6

बोङ्गादोभान

178.02

10,659

 

  1.  

ताराखोला गाउँपालिका

5

अर्गल

129.53

12,009

 

  1.  

निसिखोला गाउँपालिका

7

देविस्थान

244.37

20,611

 

  1.  

बडिगाड गाउँपालिका

10

ग्वालिचौर

178.68

30,906

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 धार्मिक/सांस्कृतिक अवस्थाः

 

धार्मिक स्थलहरू:

  1. विश्वशान्ति सर्वसिध्दिधाम पञ्चकोट - बागलुङ
  2. प्रसिद्ध कालीका भगवति मन्दिर - बागलुङ बजार
  3. भैरवस्थान मन्दिर - अमलाचौर
  4. जैमिनेश्वर मन्दिर -  कुश्मीशेरा
  5. ढोरपाटनताल, बराह मन्दिर - बोवाङ
  6. अर्नाकोट - देविस्थान
  7. रामकोट मन्दिर - बिहुँ
  8. थन्थापी माई भगवति मन्दिर - सर्कुवा र जैदीको माथिल्लो टापु
  9. देवीस्थान मन्दिर - देवीस्थान
  1. शिवालय मन्दिर - तित्याङ
  2. सत्यवति मन्दिर - बाटाकाचौर
  3. ज्ञानोदय वुद्ध बिहार - वागलुङ नगरपालिका
  4. नरसिंह भगवती मन्दिर - राजकुत
  5. जङ्गेस्वर महादेव - निरहेघाट
  6. गणेश मन्दिर - बागलुङ न.पा.
  7. सिद्धेश्वर मन्दिर  - घुम्टेको धुरी
  8. खड्ग कालिका मन्दिर - १० कोष पश्चिम, मल्म, बाँस्खोला

 

 

प्रमुख पर्यटकीय स्थलहरूः

  1. कालीका भगवती मन्दिर
  2. प्यारागलाईडिङ प्वाइन्ट - सिम
  3. ताराजाल कोट
  4. कारीकोट (कार्कीकोट)
  5. माझकोट
  6. राङ्‌राङ्गे कोट
  7. संसारकोट
  8. खड्ग कालिका मन्दिर
  9. ढोरपाटन
  10. गाजा दह (धुरी)
  11. भकुण्डे धुरी र मूलाबारीको धूरी
  12. हाडिकोट धुरी - छिस्ती

 

  1. पाञ्जाकोट धुरी - पैंयुपाटा
  2. चमेरे गुफा - ग्वालिचौर
  3. रामकोट - बिहुँ
  4. घुम्टेको लेक - (हरिचौर, पाण्डवखानी र हिल विच)
  5. शिवधुरी - रणसिङकिटेनी र पाण्डवखानी
  6. लोङाको धुरी - रणसिङकिटेनी, पाण्डवखानी, मल्म र शिसाखानी
  7. भैरवस्थान - अमलाचौर
  8. घोडा बाधे - बिहुँ
  9. फागुनेको धुरी - वोवाङ
  10. थाप्लेको धुरी -  भिमपोखरा
  11. जैमिनेश्वर क्षेत्र - कुश्मि, विनामारे

 

जिल्लाको प्रसिद्ध वस्तुहरू एवं प्राप्त हुने स्थानहरूः

  1. नेपाली हाते कागज (लोक्ता वाट निर्मित): ताराखोला, तमान, बोंगादोभान,
  2. बुट्टेनलीः सदरमुकाम, जलजला, अमरभुमी,
  3. राडीपाखीः पाण्डवखानी, बोंगादोभान, निसी र रणसिंहकिटेनी,
  4. स्लेट ढुङ्गाः तारा, अर्गल, अमरभुमी, नरेठाटी, हरिचौर, जैदी (व्याडथला), रेश, निसि, मल्म, दमेक समेत,
  5. कार्भिङ ढुङ्गाः कुश्मिसेरा, अमलाचौर लगायतका स्थानहरू ।
  6.  

व्यापारिक महत्वका ठाउँहरूः

  1. बागलुङ बजार, बागलुङ नगरपालिका
  2. खर्वाङ बजार, दगातुन्डाँडा
  3. शेरा बजार, कुस्मिसेरा 
  4. खार बजार, ग्वालीचौर
  5. भिमगिंठे बजार, भिमगिठे
  6. वुर्तिबाङ बजार, बुर्तिवाङ

 

  1. हटिया बजार, हटिया
  2. हरिचौर बजार, हरीचौर
  3. रिजाल चोक, बिहुँ 
  4. वरेङ बजार, हुग्दीशिर र धुल्लुवास्कोट
  5. खाल बजार, भिमगिठे
  6. हटिया बजार, हटिया

 

 

धर्मगत संरचनाः

      यस बागलुङ जिल्लाभित्र जम्मा 9 वटा धर्म मान्ने व्यक्तिहरु रहेको तथ्य 2068 सालको जनगणनाले देखाएको छ । यद्यपी हिन्दु र बौद्ध धर्मावलम्बीहरूको बाहुल्यता रहेको देखिन्छ ।

क्र.सं.

धर्म

प्रतिशत

  1.  

हिन्दु

89.27

  1.  

बौद्ध

8.74

  1.  

अन्य

1.99

 

 

2.4 सामाजिक/आर्थिक अवस्थाः

      जातिगत संरचनाः

यस जिल्लामा मगर जातिको बाहुल्यता छ । मुख्य जातजातिहरूमध्ये मगर, कामी, सार्की, दमाई जातिको जनसंख्या बढ्दो क्रममा देखिन्छ भने ब्राह्मण क्षेत्री, नेवार, गुरुङ लगायत केही जातजातिहरूको जनसंख्या घट्दो क्रममा रहेको छ ।

 

क्र.सं.

जातजाति

प्रतिशत

  1.  

मगर

28.04

  1.  

ब्राह्मण-पहाडी

19.54

  1.  

क्षेत्री

18.71

  1.  

कामी

15.97

  1.  

सार्की

5.55

  1.  

दमाई

4.70

  1.  

छन्त्याल

1.50

  1.  

ठकुरी

1.41

  1.  

नेवार

1.07

  1.  

अन्य

3.57

 

     

भाषागत संरचनाः

      यस बागलुङ जिल्लामा 18 भाषिहरू रहेका छन् । नेपाली भाषा मातृभाषा हुनेहरूको बाहुल्यता रहेको छ ।

क्र.सं.

मातृभाषा

प्रतिशत

  1.  

नेपाली

92.32

  1.  

मगर

5.45

  1.  

खाम

0.48

  1.  

छन्त्याल

0.48

  1.  

नेवारी

0.47

  1.  

अन्य

0.82

 

 

      बसाइँ सरेर पोखरा, चितवन, पाल्पा, बुटवल लगायतका जिल्लाहरूमा जाने क्रम यस जिल्लामा बढ्दो छ । विशेष गरी कामको सिलसिलामा छिमेकी मुलुक भारतमा गई ज्याला मजदुरी गरी आय आर्जन गर्ने गरेको पाइन्छ । नेपालकै रेमिट्यान्स भित्र्याउने जिल्लाहरू मध्ये बागलुङ अग्रपंक्तिमा आउँछ । धान, मकै, गहुँ, कोदो, जौ आदि यहाँका प्रमुख उत्पादनहरू हुन् ।

Last Updated : 2083-02-01 09:21:57

© All Rights Reserved to Area Administration Office, Burtibang, Baglung .