वंशजको आधारमा नागरिकता बनाउन के के कागजात चाहिन्छ ?
- स्थानीय तहको सम्बन्धित वडाबाट अनुसूची १ मा सिफारिस,
- बाबु, आमा वा ३ पुस्ता भित्रका नातेदारको ना.प्र. प्रतिलिपि,
- विवाह दर्ता वा नाता कायम प्रमाण,
- मृत्यु भएको भए मृत्यु दर्ता प्रमाण,
- उमेर खुल्ने प्रमाण (जन्मदर्ता/शैक्षिक योग्यताको प्रमाणपत्र),
- सनाखत गर्ने व्यक्ति र निजको नागरिकता,
- PP साइजको फोटो -२ प्रति, Auto साइजको फोटो - १ प्रति,
- रु. १० को हुलाक टिकट ।
- इलाका प्रशासन कार्यालयमा आवेदक स्वयम् उपस्थित हुनुपर्ने ।
