नेपालको गण्डकी प्रदेशमा पर्ने पहाडी जिल्ला बागलुङ, साविक धौलागिरी अञ्चलको अञ्चल सदरमुकामको रुपमा रहेको छ । प्रशासनिक विभाजन अनुसार यस जिल्लाको पूर्वमा पर्वत, पश्चिममा रोल्पा, रुकुम, उत्तरमा म्याग्दी तथा दक्षिणमा प्यूठान र गुल्मी जिल्ला रहेका छन् । प्रतिनिधी सभा २ निर्वाचन क्षेत्र, प्रदेश सभा ४ निर्वाचन क्षेत्र, ४ नगरपालिका, ६ गाउँपालिका गरी १० वटा स्थानीय तहहरू यस जिल्लामा छन् । यो अक्षांशीय हिसाबले २८ डिग्री १५ मिनेट उत्तरी अक्षांशदेखि २८ डिग्री ३७ मिनेट उत्तरी अक्षांशसम्म र देशान्तरीय हिसाबले ८३ डिग्री पूर्वी देशान्तरदेखि ८३ डिग्री ३६ मिनेट पूर्वी देशान्तरसम्म १,७८४ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएर रहेको छ । वि.सं. २०६८ सालको जनगणना अनुसार यस जिल्लाको जनसंख्या पुरुष १,१७,९९७ र महिला १,५०,६१६ गरी कुल २,६८,६१३ रहेको छ । लोक्ताको जिल्ला, नेपालको जस्तो नक्सा भएको जिल्ला, झोलुंगे पुलको जिल्ला जस्ता उपनामले परिचित यस जिल्ला नेपाल भित्रको सानो नेपाल जस्तै आकारमा पूर्व पश्चिम भै फैलिएर रहेको छ ।
बागलुङ कालिका भगवती मन्दिर, नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्ष, गाजा दह, घुम्टेको लेक जस्ता महत्वपूर्ण सम्पदाले यसको पहिचानलाई अझ शिखरमा पुर्याएका छन् । चैते दशैँ मेला, हनुमान नाच, लाखे नाच जस्ता सांस्कृतिक पर्वहरु, रुद्र ताल, गाजाको दह, नील दह जस्ता प्रमुख ताल एवं कुण्डहरु, यानीमाया, सालैजो, सोरठी नृत्य, घाटु नाच लगायतका लोक संस्कृतीको धनी यस जिल्लाका प्रमुख व्यापारिक महत्वका ठाउँहरुमा बागलुङ बजार, बुर्तिवाङ बजार, हटिया बजार, शेरा बजार, खार बजार, हरिचौर बजार आदि हुन् । यस जिल्लामा मुख्य रुपमा ब्राह्मण, क्षेत्री तथा जनजातिहरुको बसोबास रहेको छ । मुख्य पेशा कृषि रहेको र यस जिल्लामा वैदेशिक रोजगारीमा जानेको संख्या उल्लेख्य रहेको हुँदा विप्रेषण भित्र्याउने प्रमुख जिल्लाहरुमध्ये पनि पर्दछ ।
अधिकांश पहाडी भुभागमा पर्ने यो क्षेत्रको नामाकरणको पनि रोचक प्रसङ्ग छ । एक कहावत अनुसार कुनै समय यस क्षेत्रमा बाघको संख्या बढी भएको र बाघहरु हिँड्दा पनि ताँती लगाएर हिँड्ने भएकाले जनजीवन भयभीत भएको थियो । भयावहबाट मुक्ति पाउन स्थानीय मगराती जातीमा व्यक्तिहरुको सक्रियतामा बाघ छेद्ने, काट्ने वा मास्ने काम गरेकाले यसै प्रसङ्गमा ठाउँको नाम 'बाघलुञ' वा 'ब्याघलु' हुँदै पछि अपभ्रम्श भएर बागलुङ रहन गएको भन्ने भनाई रहँदै आएको छ ।
चित्रः बागलुङ जिल्लाको नक्सा
चित्रः बागलुङ जिल्लामा रहेको सडक सञ्जाल
दुई वटा प्रतिनिधिसभा तथा चार वटा प्रदेश सभा निर्वाचन क्षेत्रहरू रहेको यस जिल्लामा निम्नानुसारका 4 वटा नगरपालिकाहरू र 6 वटा गाउँपालिकाहरू रहेका छन्:
|
क्र.सं. |
स्थानीय तहको नाम |
वडा संख्या |
केन्द्र |
क्षेत्रफल (वर्ग कि.मी.) |
जनसंख्या |
कैफियत |
|
|
बागलुङ नगरपालिका |
14 |
बागलुङ बजार |
98.01 |
57,823 |
|
|
|
गल्कोट नगरपालिका |
11 |
हरिचौर |
194.39 |
33,097 |
|
|
|
जैमिनी नगरपालिका |
10 |
कुस्मीसेरा |
118.71 |
31,430 |
|
|
|
ढोरपाटन नगरपालिका |
9 |
बुर्तिवाङ |
222.85 |
26,215 |
|
|
|
बरेङ गाउँपालिका |
5 |
हुग्दिशिर |
75.28 |
14,492 |
|
|
|
काठेखोला गाउँपालिका |
8 |
बिहुँकोट |
82.88 |
22,865 |
|
|
|
तमानखोला गाउँपालिका |
6 |
बोङ्गादोभान |
178.02 |
10,659 |
|
|
|
ताराखोला गाउँपालिका |
5 |
अर्गल |
129.53 |
12,009 |
|
|
|
निसिखोला गाउँपालिका |
7 |
देविस्थान |
244.37 |
20,611 |
|
|
|
बडिगाड गाउँपालिका |
10 |
ग्वालिचौर |
178.68 |
30,906 |
|
धार्मिक स्थलहरू:
|
|
प्रमुख पर्यटकीय स्थलहरूः
|
|
जिल्लाको प्रसिद्ध वस्तुहरू एवं प्राप्त हुने स्थानहरूः
व्यापारिक महत्वका ठाउँहरूः
|
|
धर्मगत संरचनाः
यस बागलुङ जिल्लाभित्र जम्मा 9 वटा धर्म मान्ने व्यक्तिहरु रहेको तथ्य 2068 सालको जनगणनाले देखाएको छ । यद्यपी हिन्दु र बौद्ध धर्मावलम्बीहरूको बाहुल्यता रहेको देखिन्छ ।
|
क्र.सं. |
धर्म |
प्रतिशत |
|
|
हिन्दु |
89.27 |
|
|
बौद्ध |
8.74 |
|
|
अन्य |
1.99 |
जातिगत संरचनाः
यस जिल्लामा मगर जातिको बाहुल्यता छ । मुख्य जातजातिहरूमध्ये मगर, कामी, सार्की, दमाई जातिको जनसंख्या बढ्दो क्रममा देखिन्छ भने ब्राह्मण क्षेत्री, नेवार, गुरुङ लगायत केही जातजातिहरूको जनसंख्या घट्दो क्रममा रहेको छ ।
|
क्र.सं. |
जातजाति |
प्रतिशत |
|
|
मगर |
28.04 |
|
|
ब्राह्मण-पहाडी |
19.54 |
|
|
क्षेत्री |
18.71 |
|
|
कामी |
15.97 |
|
|
सार्की |
5.55 |
|
|
दमाई |
4.70 |
|
|
छन्त्याल |
1.50 |
|
|
ठकुरी |
1.41 |
|
|
नेवार |
1.07 |
|
|
अन्य |
3.57 |
भाषागत संरचनाः
यस बागलुङ जिल्लामा 18 भाषिहरू रहेका छन् । नेपाली भाषा मातृभाषा हुनेहरूको बाहुल्यता रहेको छ ।
|
क्र.सं. |
मातृभाषा |
प्रतिशत |
|
|
नेपाली |
92.32 |
|
|
मगर |
5.45 |
|
|
खाम |
0.48 |
|
|
छन्त्याल |
0.48 |
|
|
नेवारी |
0.47 |
|
|
अन्य |
0.82 |
बसाइँ सरेर पोखरा, चितवन, पाल्पा, बुटवल लगायतका जिल्लाहरूमा जाने क्रम यस जिल्लामा बढ्दो छ । विशेष गरी कामको सिलसिलामा छिमेकी मुलुक भारतमा गई ज्याला मजदुरी गरी आय आर्जन गर्ने गरेको पाइन्छ । नेपालकै रेमिट्यान्स भित्र्याउने जिल्लाहरू मध्ये बागलुङ अग्रपंक्तिमा आउँछ । धान, मकै, गहुँ, कोदो, जौ आदि यहाँका प्रमुख उत्पादनहरू हुन् ।
© सर्वाधिकार सुरक्षित इलाका प्रशासन कार्यालय, बुर्तिवाङ बागलुङ .