कुनै कर्मचारीका परिवारले, आफ्नो स्थायी बसोबास भएको जिल्लाबाट नेपाली नागरिकताको प्रमाणपत्र लिने प्रक्रियाको अतिरिक्त, त्यस्तो कर्मचारी कार्यरत रहेको जिल्लाको जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकताको प्रमाणपत्र लिन चाहेमा देहायका कागजात संलग्न गरी प्रमुख जिल्ला अधिकारीसमक्ष अनुसूची १ बमोजिमको ढाँचामा २ प्रति निवेदन दिनुपर्नेछः
१. बाबु वा आमाको नेपाली नागरिकताको प्रमाणपत्र,
२. कर्मचारी बहाल रहेको कार्यालयको प्रमुखबाट सिफारिस,
३. विवाहित महिलाको हकमा पतिको नागरिकता र विवाह दर्ता प्रमाणपत्र,
४. सनाखत गराउँदा अन्यत्रबाट नागरिकता नलिएको कुरा खुलाउनुपर्नेछ ।
© सर्वाधिकार सुरक्षित इलाका प्रशासन कार्यालय, बुर्तिवाङ बागलुङ .