Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, बागलुङ

इलाका प्रशासन कार्यालय, बुर्तिवाङ बागलुङ

Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, बागलुङ

इलाका प्रशासन कार्यालय, बुर्तिवाङ बागलुङ

आईतवार, असार १४, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

कार्यालय परिचय

कार्यालय परिचय

नेपाल भित्रको सानो नेपाल भनेर चिनिने बागलुङ जिल्ला गण्डकी प्रदेशको सुन्दर पहाडी जिल्ला हो । तमानखोला, भूजिखोला र निसीखोलाको संगमस्थल बुर्तिवाङ बजारमा ईलाका प्रशासन कार्यालय अवस्थित छ । यस कार्यालयको स्थापना २०५४ साल चैत्र २६ गते भएको हो । बागलुङ जिल्लाका ढोरपाटन नगरपालिका, वडिगाड गाउँपालिका, तमानखोला गाउँपालिका र निसिखोला गाउँपालिका ३२ वडा कार्यालय रहेका छन् । यस कार्यालयको प्रशासनिक कार्य क्षेत्रमा कुल जनसंख्या ९२,००८ र परिवार संख्या २२,४६६ श्रोत (Dhorpatan Times) रहेको छ । स्थापनाकालमा बागलुङ जिल्लाको साविक २० गा.वि.स.हरु तमान,खुंखानी, बोङ्गादोभान, वोवाङ, अधिकारीचौर, निसि, बोहरागाउँ, देविस्थान, राजकुत, दर्लिङ, रिघा, पाण्डवखानी, सिसाखानी, दगातुन्डाँडा, जलजला, ग्वालीचौर, रणसिंहकिटेनी, भिमगिठे, बुर्तिवाङ र खुंगाको कार्यसम्पादन गरिएको थियो ।

नेपालको प्रसिद्ध ढोरपाटन सिकार आरक्ष र ढोरवाराही मन्दिर यस क्षेत्रमा पर्दछन् । हिन्दु, क्रिश्चियन, बोद्ध, मुस्लिम धर्मवाम्बीहरुको बसोबास रहेको यस क्षेत्रमा दलित, जनजाती,खसआर्य र अन्य जातिको बसोबास रहेको छ । कृषि, पशुपालन, फलफूल खेती प्रमुख पेशा भएको यस क्षेत्रमा कोदोको रोटी, फापरको ढिडो, च्याङ्ग्राको मासु र चिसोपानीको असलामाछा प्रसिद्ध खानेकुरा हुन ।

गुराँस फुल्ने सोलेडाँडा, ढोरपाटन, पाथिहाल्ना पहाडहरुका साथै राजकुत र थाम पिकनिक स्पटहरु रहेका छन् । स्थानीय सामाजिक साँस्कृतिक पर्वहरुमा लाग्ने मेलाहरुका साथै बुर्तिवाङमा कोजग्रात पूर्णिमा मेला र प्रत्येक वर्षको मंसिर महिनाको पहिलो हप्ता ग्वालिचौरमा न्वागीमेला लाग्ने यहाँका प्रसिद्ध मेला हुन् ।


पछिल्लो अपडेट गरिएको : 2083-02-01 09:21:57

© सर्वाधिकार सुरक्षित इलाका प्रशासन कार्यालय, बुर्तिवाङ बागलुङ .