Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, बागलुङ

इलाका प्रशासन कार्यालय, बुर्तिवाङ बागलुङ

Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, बागलुङ

इलाका प्रशासन कार्यालय, बुर्तिवाङ बागलुङ

आईतवार, असार १४, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

नव आगन्तुक प्रमुख जिल्ला अधिकारीबाट अनुगमन निरीक्षण

२०७६-०२-०२ २०७६-०२-०२

बागलुङ जिल्लामा मिति २०७६/०१/२२ बाट हाजिर हुनुभएका प्रमुख जिल्ला अधिकारी श्री लुक बहादुर क्षेत्री ज्यूले बागलुङ जिल्लाको पश्चिम क्षेत्रको अनुगमन निरीक्षण भ्रमण सम्पन्न गर्नुभएको छ । २०७६ सालको बैशाख २८ र २९ मा यस जिल्लाको पश्चिम क्षेत्रका कार्यालयहरू तथा नवनिर्मित मध्यपहाडी राजमार्गको अवलोकन गर्नुभएको छ । 

उक्त अवधिमा प्रमुख जिल्ला अधिकारी श्री लुक बहादुर क्षेत्री ज्यूले यस क्षेत्रस्थित विभिन्न सुरक्षा निकायका संयन्त्रहरू समेत निरीक्षण गरी आवश्यक निर्देशन दिनुभएको छ । उक्त अवधिमा प्रमुख जिल्ला अधिकारी ज्यूले ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकाका कर्मचारी, व्यवसायी, राजनीतिकर्मी, जनप्रतिनिधि तथा सर्वसाधारणहरूसँग छुट्टाछुट्टै अन्तरक्रिया समेत गर्नुभएको छ ।

विभिन्न समुदायहरूसँग विमर्श गर्दै प्र.जि.अ. क्षेत्री ज्यूले आफ्नो कार्यकालमा जिल्लामा शान्ति सुव्यवस्था बनाईराख्न र सेवा प्रवाहमा चुस्तता ल्याउन सक्दो प्रयास गर्ने बताउनुभएको छ । 

पछिल्लो अपडेट गरिएको : 2083-02-01 09:21:57

© सर्वाधिकार सुरक्षित इलाका प्रशासन कार्यालय, बुर्तिवाङ बागलुङ .